सार्वजनिक यातायात अनिश्चितकालीन बन्द, सुरक्षा नपुगेसम्म सेवा नचल्ने
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौँ उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा गरेको छ ।
महासंघले आज विज्ञप्ती जारी गर्दै सरकारले विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेका कारण असहज परिस्थिति बनेको भन्दै देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ ।
महासंघले हिजो सोमबार जेनजी पुुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कफ्र्यु लगाइएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने विज्ञप्ती मार्फत जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्