तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमालेको केन्द्रिय कार्यालयमा प्रदर्शनकारीले आगो लगाए, नेताहरूको घरमा तोडफोड

काठमाडौँ I जेन जी पुस्ताका नाममा हिजोदेखि सुरु भएको प्रदर्शन आज पनि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न प्रमुख शहरहरुमा जारी छ ।

हिजोको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आजको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा ३ सय ४७ जना घाइते भएका छन् ।

प्रदर्शनकारीहरूले नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रिय कार्यालयमा आगो लगाएका छन् भने ललितपुरस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङ र नेकपा एमालेका नेता एवं सांसद गोकुल बास्कोटाको घरमा तोडफोड गरेका छन् । 

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको घरमा समेत तोडफोड गर्ने प्रयास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button