पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘जेनजी’ आन्दोलनका क्रममा मारिएका विद्यार्थीप्रति श्रद्धाञ्जली
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेजी, भ्रष्टाचारविरुद्धको आवाज र सुशासनको मागसहित आयोजित ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीको गोली लागी विद्यार्थीहरूको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
भण्डारीले जारी गर्नुभएको विज्ञप्तिमा असामयिक रूपमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क तथा गुणस्तरीय उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभएको छ।
उहाँले नवपुस्ताले अघि सारेका जायज मागलाई आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याउँदै सरकार, राजनीतिक दल र सरोकारवालाहरूलाई संवेदनशीलतापूर्वक संवादमार्फत समाधान खोज्न आह्वान गर्नुभएको छ। साथै हालको तनावलाई संवेदनशील ढंगले समाधान गरी युवापुस्ताको विश्वास जित्ने कदम चाल्न पनि उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।








प्रतिक्रिया राख्नुहोस्