तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनका कारण राष्ट्रिय सभा बैठक प्रभावित: बुधवारका लागि सर्‍यो 

काठमाडौँ । जेनजीको आन्दोलनका कारण राष्ट्रिय सभाको आजको बैठक प्रभावित भएको छ ।

जेनजीको आन्दोलनका कारण स्थिति असहज बनेसँगै स्थानीय प्रशासनले काठमाडौँको बानेश्वर क्षेत्रमा आज दिउँसो साढे १२ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

आज अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकाले २५ गते बुधवार अपराह्न १ः १५ बजेका लागि निर्धारण गरिएको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button