तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय सुनुवाइ समिति सभापतिको शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष सभापति खतिवडाले शपथ लिनुभएको हो ।

यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन हुनुभएको थियो । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गर्नुभयो । 

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित हुनुहुन्थ्यो । 

नवनिर्वाचित संसदीय समितिका सभापतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button