आर्म रेस्लिङको उपाधि काठमाडौँका महर्जनलाई
पोखरा । काठमाडौँका रोमन महर्जनले आर्म रेस्लिङ प्रतियोगिताको उपाधि जित्नुभएको छ । पोखरामा आयोजित सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगितामा महर्जनले ओभरअल प्रतिस्पर्धामा च्याम्पियन बन्दै नगद १ लाख रुपैयाँ प्राप्त गर्नुभयो ।

साथै उहाँले ८० केजी तौल समूहमा समेत प्रथम हुदैं नगद ५० हजार हात पार्न सफल हुनुभएको हो । कास्की जिल्ला आर्म रेस्लिङ सङ्घको आयोजनामा सञ्चालित प्रतियोगिताको ६० केजी तौल मुनिको प्रतिस्पर्धामा भक्तपुरका सुमन नापित प्रथम हुँदा काठमाडौँका सिद्धार्थ श्रेष्ठ दोस्रो र काठमाडौँकै सुदिप तामाङ तेस्रो हुनुभयो । उहाँहरूले क्रमशः ५०, २५ र १० हजार नगद प्राप्त गर्नु भयो ।
७० केजी मुनिको तौल प्रतिस्पर्धामा तरुण विक प्रथम हुनुभएको छ । धरानका आर्म रेष्लर ग्रेसविन प्रधान दोस्रो र काठमाडौँका एड्रिम राई तेस्रो स्थान प्राप्त गर्नुभयो । ८० केजी मुनिको तौल प्रतिस्पर्धामा काठमाडौँका रोमन महर्जन, काठमाडौँकै समिक प्रधान र बुटवलका आर्यन विकले क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभएको थियो ।
८० केजी माथिको तौल समूहको प्रतिस्पर्धामा झापाका सौरभ प्रधानले प्रथम स्थान प्राप्त गर्नुभयो । विराटनगरका राहुल यादव र झापाकै दिपेश मैनालीले तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभयो । आर्म रेस्लिङ संघ कास्कीको आयोजनामा पहिलो पटक भएको यो प्रतियोगितामा देशभरका झण्डै २ सय आर्म रेष्लरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्