तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरी महोत्सव असोज २२ गतेदेखि राजविराजमा हुने 

सप्तरी । ‘सप्तरीको विकास हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारासहित सप्तरी उद्योग वाणिज्य संघ राजविराजको आयोजनामा सप्तरी महोत्सव–२०८२ हुने भएको छ ।

आगामी असोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने यो १५ दिने महोत्सवलाई ‘ए कम्प्लिट बिजनेस फेस्टिभल’ नाम दिइएको शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

महोत्सवमा उद्योग, वाणिज्य, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक तथा हस्तकला लगायतका स्थानीय उत्पादनको प्रवर्द्धनमा विशेष जोड दिइने संघका अध्यक्ष लालु अग्रवालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button