सामाजिक सञ्जाल बन्द होइन, दर्ता मात्र गराउन खोजिएको हो: सभापति देउवा
बिराटनगर। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव हुने स्पष्ट पार्नुभएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले दुई-तिहाइ बहुमत आवश्यक भएकाले कार्यदलमार्फत सबै दललाई साथमा लिएर संशोधन प्रक्रिया अघि बढाइने बताउनुभयो।
देउवाले काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी गर्नुभयो। मन्त्रीहरूको कार्यसम्पादनबारे उठेका प्रश्नमा आफूलाई थाहा नभएको समेत उहाँले प्रतिक्रिया दिनुभयो।
सामाजिक सञ्जालसम्बन्धी विवादबारे उहाँले सरकारले बन्द गर्न नभई अदालतको निर्णयअनुसार प्रक्रिया अनुसार दर्ता मात्र गराउन खोजेको स्पष्टिकरण दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्