तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट बालकको मृत्यु 

चितवन । चितवनमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । 

रत्ननगर नगरपालिका वडा नं–१, सौराहा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बसको ठक्करबाट बालकको मृत्यु भएको हो  । मृत्यु हुनेमा खैरहनी–८ बस्ने सिर्जना विकको ३ वर्षीया छोरी समीरा विक रहेकी छिन । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना ३ ख ५७३७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट गम्भीर घाइते भएकी समीरालाई उपचारका लागि नयाँ मेडिकल कलेज (सिएमसी) लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

बस चालक धादिङको रोराङ गाउँपालिका वडा नं–६ बस्ने ३३ वर्षीय कमल मगरलाई नियन्त्रणमा लिइएको  प्रहरीले  जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button