तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा चट्याङ लागेर एक युवकको मृत्यु

मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ कमेरो पानीमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ।

शनिवार किराना पसल आउने क्रममा अचानक परेको चट्याङ लाग्दा हेटौँडा उपमहानगर–१६ सानो आकाशधारा घर भई हाल बारा जिल्ला निजगढ नगरपालिका–१३ बस्ने ३७ वर्षीय बुद्ध बहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उक्त चट्याङ धन बहादुर स्याङतानले सञ्चालन गर्दै आएको किराना पसल अगाडिको क्षेत्रमा परेको थियो।

घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको कमान्डमा टोली खटिएको थियो। प्रहरीले मुचुल्का तयार पारेर शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाएको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button