महिला भलिबल लिगमा साबिक विजेता कर्णाली एसभिजको विजयी सुरुवात
काठमाडौँ । साबिक विजेता कर्णाली एसभिजले एभरेस्ट महिला भलिबल लिगमा विजयी सुरुआत गरेको छ ।
पोखरा रङ्गशाला परिसरस्थित कभर्ड हलमा शुक्रवार सुरु भएको फ्रेन्चाइज भलिबल लिगको उद्घाटन खेलमा कुमार राईको मुख्य प्रशिक्षणमा रहेको कर्णालीले घरेलु टोली पोखरा निन्जाजमाथि सोझो सेटमा विजय हासिल गर्यो ।
विपक्षीमाथि पूरा हाभी भएको कर्णालीले पहिलो सेटमा २५–२१ को नतिजा हासिल गरेको थियो । दोस्रो सेटमा त्यही जोसलाई निरन्तरता दिँदै २५–२० को जित हासिल गरेको कर्णालीले तेस्रो सेटमा २५–१४ को सहज नतिजा निकालेको थियो ।
कर्णालीको टिम गत वर्ष झैँ यसपालि पनि न्यु डायमन्डका प्रशिक्षक राईको नेतृत्वमा छ । यसैगरी टिमको मार्की खेलाडीमा पनि सुमित्रा रेग्मीकै निरन्तरता छ । पोखरा भने यसपालि गत वर्षकी मार्की सरस्वती चौधरी अस्ट्रेलिया लागेका कारण प्रगति नाथको नेतृत्वमा छ ।
प्रतिक्रिया राख्नुहोस्