तपाईँ सुन्दै हुनुहुन्छः

देउडाले गुञ्जायमान भयो डडेलधुरा

डडेलधुरा । एक सातादेखि डडेलधुरा सदरमुकाम देउडामय बनेको छ । सुदूरपश्चिमका चर्चित देउडीयाहरुको आगमनले डडेलधुरा सदरमुकाममा देउडाले गुञ्जायमान भएको छ । 

बाजुराकी चर्चित देउडीया सरिता शाही, डोटीकी कल्पना खड्का, डडेलधुराका दीर्घ फुलरा, टेकराज ओझा लगायतका दर्जनौँ कलाकारहरूको सहभागितामा राष्ट्रिय गौरा महोत्सव मनाइँदै छ । 

चर्चित देउडीयाहरुले हाम्रो कला संस्कृति तथा गौरा पर्वका विशेष गाथा बेथा र कहानीहरूलाई सवाल जवाफ मार्फत गौरा पर्व मनाउन लागिएको राष्ट्रिय गौरा महोत्सवका संयोजक रमेश प्रसाद जोशीले बताउनुभयो । 

झन्डै २६ वर्षदेखि डडेलधुरा सदरमुकाममा मनाउन लागिएको गौरा पर्वलाई महोत्सवका रूपमा मनाइने गरेको जोशीको भनाई छ । 

खेतीपाती सकिएर सँगै विभिन्न चाडबाड भित्रिएका बेला स्थानीयहरूलाई मनोरञ्जनका साथै कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले यो महोत्सव लाग्ने गरेको राधाकृष्ण मन्दिरका पुजारी देवराज भट्टले बताउनुभयो । 

वर्षातको पानीको झिमझिमलाई समेत बेवास्ता गर्दे सयौँ खेलप्रेमी तथा दर्शकहरूले गौरा महोत्सवलाई भरिभराउ गरेका छन् । यो महोत्सव भोली विधिवत् रूपमा समापन गरिने महोत्सव आयोजक समितिले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button