तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा धुमधामका साथ मोहम्मद जयन्ती मनाइयो

नवलपरासी। मुस्लिम समुदायले आज देशभर मोहम्मद जयन्ती (इद मिलादुननबी) मनाइरहेका छन् । पश्चिम नवलपरासीमा यस पर्व विभिन्न कार्यक्रमका साथ हर्षोल्लासपूर्वक मनाइएको छ ।

हजरत मोहम्मदको जन्म सन् ५७० मा साउदी अरबको मक्कामा भएको थियो भने ६३२ जुन ८ मा मदिनामा ६३ वर्षको उमेरमा निधन भएको थियो । उहाँलाई मुस्लिम धर्मावलम्बीले अन्तिम पैगम्बर तथा इस्लाम धर्मका संस्थापकका रूपमा मान्छन् ।

नवलपरासीमा मस्जिदहरूमा कुरान पाठ, मोहम्मदका उपदेश स्मरण, नात शरीफ वाचन, सामूहिक भोजन र र्‍यालीलगायतका कार्यक्रम गरिएका छन् । यस अवसरमा संघीय सरकारले मुस्लिम समुदायका लागि बिदा दिएको छ ।

पश्चिम नवलपरासीका पाल्हिनन्दन गाउँपालिका र रामग्राम नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् भने सुस्ता गाउँपालिकाले मुस्लिम समुदायका कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । रामग्रामका नगरप्रमुख धनपत यादवले धार्मिक सहिष्णुताको परम्परा कायम राख्दै मोहम्मद जयन्तीलाई मुस्लिम समुदायले विशेष रूपमा मनाउन पाएको बताउनुभयो।

बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले मस्जिद र धार्मिक विद्यालयको स्तरोन्नतिका लागि नगरपालिकाले बजेट विनियोजन गर्दै आएको जानकारी दिँदै जयन्तीले समाजमा एकता र सद्भावको सन्देश दिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button