तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीका कारण घर पूर्ण क्षति 

गोरखा ।  गोरखाको चुमनुब्री गाउँपालिका सियो स्थित पेम्बा छिरिङ लामा र लाक्पा नुर्बु लामाको ढुङ्गा माटो र काठले बनेको २ तले टिनले छाएको कच्ची घर आगोलागिका कारण पूर्ण क्षति भएको छ । 

आगलागीका कारण मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले बताउनुभयो । घरका मान्छे  बारीमा बाली रेखदेखको लागी गएको बेला आगलागी भएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीका कारण घरमा राखेको अन्न, लत्ता कपडा लगायत जलेर नष्ट भएको शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button