लुम्बिनीमा लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नरेन्द्र थापा
बाँके। नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको अध्यक्षमा नरेन्द्र थापा निर्विरोध निर्वाचित भएका छन्।
नेपालगन्जमा मंगलबार सम्पन्न प्रथम अधिवेशनले बाँके निवासी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। उपाध्यक्ष (महिला)मा मोतिकला गुरुङ, उपाध्यक्षमा सन्तोष ओली, सचिवमा मनमोहन लम्साल, सहसचिवमा खुसीराम चौधरी, पूजा शर्मा, दिनेश सहानी र खिमबहादुर सोमै थापा तथा कोषाध्यक्षमा मनोज भण्डारी निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यमा इश्वरी भण्डारी, मिना खनाल, पूर्णप्रसाद डाँगी, मणिराम बटाला, लक्ष्मण घर्ती, चक्र मिलन क्षेत्री, सीमा तामाङ, विष्णुमाया कुमाल, सरस्वती जिसी, मंगलप्रसाद बर्मा, नामराज रानामगर, अञ्जना बुढामगर, खुमबहादुर घर्तीमगर, चेतना बुढामगर, घनश्याम थापा, सागर सोमै, सत्यमुनि शाक्य, नारायण जिसी र अनिल घर्तीमगर चयन भएका छन्। समितिमा ९ जना पछि मनोनित गरिने जनाइएको छ।
अधिवेशन उद्घाटन कार्यक्रमलाई निर्वाचन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेत, कांग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजिव विक्रम शाह, कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी, केन्द्रीय सदस्य गणेश लामा, संघका केन्द्रीय सदस्य देवेन्द्र शेरचन, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल र लुम्बिनीका पूर्वमन्त्री ओलम्पियन सुरेन्द्र हमालले सम्बोधन गरेका थिए। कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल र पार्वती थापालाई सम्मान गरिएको थियो।







प्रतिक्रिया राख्नुहोस्