तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला अदालत बागलुङमा पहिलो पटक महिला न्यायाधीश

बागलुङ । जिल्ला अदालत बागलुङले पहिलो पटक महिला न्यायाधीश पाएको छ । 

जिल्ला अदालत मोरङबाट सरुवा भएर सिता शर्मा अधिकारी जिल्ला अदालत बागलुङमा आउने पहिलो महिला न्यायाधीश हुनुहुन्छ । न्यायाधीश अधिकारीलाई उच्च अदालत बार एसोसिएसन बागलुङले एक कार्यक्रमबिच मङ्गलवार स्वागत गरेको छ ।

सो अवसरमा बोल्दै न्यायाधीश अधिकारीले न्याय सम्पादनलाई चुस्त बनाउन पहल गर्ने बताउनुभयो । उहाँले  बार र बेन्च मिलेर आम नागरिकलाई न्याय दिने कार्यमा खटिनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले न्यायमूर्तिको रूपमा जिल्ला अदालत महिला पाएकोमा खुसी व्यक्त गर्नुभयो । न्यायालय महिलामैत्री र अन्य बेलाभन्दा अझै सहज र सरल बन्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

जिल्ला अदालत मोरङबाट अधिकारी सरुवा भएर बागलुङ आउनुभएको हो । यसअघि अदालतमा रमेशकान्त अधिकारी जिल्ला न्यायाधीश हुनुहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button