लोकगायक महेन्द्र तिमल्सिनाको निधन

काठमाडौँ । लोकगायक महेन्द्र तिमल्सिनाको ५७ वर्षको उमेरमा निधन भएको छ।
केही दिनदेखि अस्वस्थ रहनुभएका तिमल्सिनाको उपचारका क्रममा हिजो धुलिखेल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाली लोकसंगीतमा सक्रिय रहेका तिमल्सिनाले दर्जनौँ लोकप्रिय लोकगीतहरू मार्फत आफ्नो पहिचान बनाएका थिए। उहाँको निधनले नेपाली लोकगीत क्षेत्रले एक प्रतिभाशाली स्रष्टा गुमाएको साङ्गीतिक क्षेत्रका व्यक्तिहरूले जनाएका छन्।
तिमल्सिनाको अन्तिम श्रद्धाञ्जलीका लागि उहाँका शुभचिन्तक, कलाकार, र संगीतप्रेमीहरू धुलिखेलमा भेला भएका थिए।
प्रतिक्रिया राख्नुहोस्