तपाईँ सुन्दै हुनुहुन्छः

यसवर्षको बिपी साहित्य पुरस्कार श्रष्टा डा शर्मालाई

काठमाडौँ। जननायक बिपी कोइराला स्मृति ट्रष्टद्वारा स्थापित बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार डा बेन्जु शर्मा (काठमाडौँ) लाई अर्पण गरिने भएको छ । सो पुरस्कारको राशिरु एक लाख सहित सम्मानपत्र रहेको छ ।

ट्रष्टको सोमबार बसेको पुरस्कार छनोट समितिको बैठकले यस वर्षको बिपी सेनानी सम्मान पुरस्कार, प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका अर्जुन खड्का (उदयपुर)लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि नगद रु ५१ हजार तथा सम्मानपत्र रहेको छ ।

यी दुवै पुरस्कार जननायक बिपी कोइराला स्मृति ट्रष्ट पुरस्कार छनोट समितिका संयोजक रामचन्द्र पोखरेल, सदस्यद्वय किरण यादव र हरिप्रभा श्रेष्ठ खड्गीको निर्णयबाट प्रदान गर्ने निर्णय गरिएको हो । दुवै सम्मान पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा यही भदौ २४ गते राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने जनाइएको छ ।

गत वर्ष २०८१ को साहित्य सम्मान द्वारिका श्रेष्ठ (काठमाडौँ) र प्रजातन्त्र सेनानी सम्मान भोजराज भण्डारी (कास्की)लाई प्रदान गरिएको थियो । यी सम्मान तथा नगद पुरस्कारहरू बिपी ट्रष्टले जननायक बिपी कोइरालाको शतवार्षिक वर्ष २०७१ बाट निरन्तर प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button