तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा स्वास्थ्य बिमा बोर्डको भुक्तानी रोकिँदा सेवा प्रभावित

बाँके। भेरी अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट पाउनुपर्ने करिब २० करोड रुपैयाँ भुक्तानी नआउँदा सेवा प्रवाहमा समस्या भएको जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार गत असार मसान्तसम्मको साढे १६ करोड र साउन महिनाको करिब १ करोड ९० लाख बक्यौता छ ।

भुक्तानी नआएपछि ल्याब, फार्मेसी, अक्सिजन खरिद, डायलाइसिस लगायत सेवा सञ्चालनमा कठिनाइ भएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार एक वर्षदेखि आपूर्तिकर्तालाई पनि भुक्तानी गर्न सकिएको छैन ।

सेवाग्राहीहरूले भने बिमामार्फत महँगा औषधि नपाउने, बाहिर किन्नुपर्ने बाध्यता हटाउन माग गरेका छन् । स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भए पनि समयमा भुक्तानी नहुँदा भेरीसहितका अस्पतालहरू प्रभावित भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button