तपाईँ सुन्दै हुनुहुन्छः

तटबन्ध बगाएपछि गाउँ जोखिममा 

बर्दिया । बर्दिया र कैलालीको बिचबाट बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका–२ बनघुस्रामा तटबन्ध बगाएपछि सो स्थानका गाउँहरू जोखिममा परेका छन् । कर्णाली नदीको कटानले करिब तीन सय मिटर तटबन्ध बगाएपछि आधा दर्जन गाउँहरू जोखिममा परेका हुन् । 

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका अनुसार कर्णाली नदीले सो स्थानमा करिब तीन सय मिटर तटबन्ध बगाएको छ । आयोजनाका अनुसार ५ वर्ष अघि करिब तीन करोडको लागतमा निर्माण भएको तटबन्ध र स्पर नदीले बगाएको छ ।

करिब ५ वर्षअघि झन्डै ३ करोडको लागतमा निर्माण भएको तटबन्ध र स्पर नदीले बगाएको हो । नदी कटानले लम्बाई करिब ३ सय मिटर र चौडाइ ३ मिटर कटान गरेको आयोजना प्रमुख सुदिन मुक्तानले बताए । 

तटबन्ध र स्पर बगेपछि कर्णालीले धार परिवर्तन गरी बनघुस्रा, बनकट्टी, सनकट्टी, टिकुलीगढ, लोहार लगायतका बस्तीमा बाढी पस्ने जोखिम बढेको छ । 

अस्थायी रूपमा नदी कटान रोक्न सोमबार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधि लगायतले बोरामा बालुवा, स्याउला भरेर तटबन्ध गरिने गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button