अफगानिस्तान : भूकम्पमा परी ६०० बढीको मृत्यु
काठमाडौँ । अफगानिस्तानको पूर्वी क्षेत्रमा गए राति शक्तिशाली भूकम्प जाँदा ६०० भन्दा बढीको मृत्यु भएको छ । ६.० म्याग्निच्युडको उक्त भूकम्प ८ किलोमिटरको गहिराइमा भएको तालिबान आन्तरिक मन्त्रालयले जनाएको छ ।
भूकम्पको धक्का काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको अधिकारीहरूले बताएका छन् । भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँहरू अति दुर्गम रहेकाले क्षतिको आकलन गर्न गाह्रो भएकाले हेलिकप्टरबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बिबिसीले जनाएको छ ।
सम्पूर्ण गाउँहरू नै ध्वस्त हुने गरी गएको भूकम्पको भग्नावशेषमा धेरै मानिसहरू फसेको बताउँदै अधिकारीहरूले मर्नेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । भूकम्पको केन्द्रबिन्दु नजिकैको क्षेत्रहरूमा पहिरो गएकाले उद्धार कार्यमा कठिनाइ भएको स्थानीयहरूको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्