तपाईँ सुन्दै हुनुहुन्छः

पशु चिकित्सा परिषद् संशोधन विधेयकमाथि संसद् समितिमा छलफल

'किसानको आर्थिक सुरक्षामा जोड'

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०८२ माथि सैद्धान्तिक छलफल भएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरूले ढिला भुक्तानीका कारण उखु र दुग्ध किसानहरूले भोगिरहेका समस्या र चुनौतीहरूबाट व्यावसायिक पशुपालन गर्ने किसानहरूलाई जोगाउन विधेयकमा आर्थिक सुरक्षाका व्यवस्थाहरू सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज कुमार शाहीले पशु उत्पादन बढाउन दिइने लागू औषधिको असर खतरनाक भएकाले आवाजहीन जनावरमा अमानवीय व्यवहार रोक्न र पशु अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उपाध्यक्ष डा. शाहीले दुग्धजन्य र मासुजन्य उत्पादनको गुणस्तरमा सुधार ल्याइएमा आयात–निर्यात दुवै पक्षबाट आर्थिक समृद्धिमा मदत पुग्ने बताउनुभयो ।

बैठकमा, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का उपाध्यक्ष राम प्रसाद मेहताले पशु स्वास्थ्य र सेवामा विशेष ध्यान दिनुपर्ने र यस क्षेत्रमा पशु स्वास्थ्य सम्बन्धी शिक्षा उत्तीर्ण गरेका योग्य जनशक्तिलाई मात्र कार्य जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button