तपाईँ सुन्दै हुनुहुन्छः

बजारीकरणको पर्खाइमा बिच्छ्याका किवी

बाजुरा । बाजुराको सर्वाधिक विकट मानिने हिमाली गाउँपालिका १ देउसैन बिच्छ्याका बारी बारीमा किवी लटरम्म फलेका छन् ।

तर बजारीकरणमा समस्या भएकै कारण किसानलाई चिन्ता बढेको छ। फेस नेपाल संस्थाको आर्थिक सहयोगमा लगाइएका किवी बोटले लगाएको तीन वर्षमै राम्रो उत्पादन दिन थालेका छन्। उत्पादन राम्रो भए पनि बजारीकरण हुन नसक्दा कृषक चिन्तित बनेका छन्। गाउँपालिका बाट बजारीकरणमा सहयोग मिल्छ की भन्ने आशा गरेका छौँ ।तर अहिले बजारसम्म बजार पुर्‍याउन सक्ने सहज व्यवस्था नहुँदा धेरै किवी बारीमै कुहिने र झर्ने क्रम जारी छ कृषक आदेश थापाले दुखेसो पोख्नुभयो।

सदरमुकाम मार्तडी र अन्य ठूला बजारसम्म किवी पुर्‍याउन मार्तडी कोल्टी सडक करिब ३ महिना देखि अवरुद्ध भएकाले ठूलो कठिनाइ भएको किसानहरूको गुनासो छ। स्थानीय बजारमा खपत हुने अवस्था नभएकाले व्यावसायिक खेती अघि बढाउन पनि चुनौती देखिएको छ।

किसानहरूको भनाइमा, यदि स्थानीय सरकारले किवी उत्पादन र बजारीकरणमा आवश्यक सहयोग पुर्‍याए किवी खेती नै गाउँको मुख्य आम्दानीको स्रोत बन्न सक्छ।

किवी फल मानव स्वास्थ्यका लागि लाभदायी मानिने भएकाले यसको माग बढ्ने सम्भावना भए पनि अहिले बजारीकरणको समस्या समाधान नभएसम्म किसानहरू निराश हुन बाध्य भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button