तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य तोलाको दुई लाख तीन हजार छ सय पुग्यो

काठमाडौँ I नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला रू तीन हजारले बढेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४२५ कायम भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button