बागमती प्रदेश सभा बैठक आज बस्दै
मकवानपुर।बागमती प्रदेश सभा बैठक आज आइतबार बस्दै छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।
प्रदेशसभा सचिवालय हेटौँडाले सूचना जारी गर्दै आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको छ । प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन २ विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको सभामुख पाठकले बताउनुभएको छ ।
उहाँका अनुसार उक्त बैठकमा प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ । बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने सभामुख पाठकले बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्