तपाईँ सुन्दै हुनुहुन्छः

चिलिमे विद्युत् केन्द्र बन्द

रसुवा I राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि  चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ ।

कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो । 

चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ । टावर मर्मतका लागि काठमाडौँबाट रसुवाका निम्ति प्राविधिकहरू प्रस्थान गरिसकेका छन् ।   रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button