विकासका मुद्दामा सहमति खोज्न मन्त्री खड्काको आग्रह
खाँदबारी (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दलीय स्वार्थभन्दा माथि उठेर विकासका मुद्दामा सहमति खोज्न सबैलाई आग्रह गर्नुभएको छ ।
मादी माध्यमिक विद्यालयको हीरक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खड्काले शिक्षा र ऊर्जा दुवै क्षेत्रमा सङ्खुवासभाले पुर्याएको योगदान ऐतिहासिक रहेको उल्लेख गर्दै जिल्लाको स्रोत साधन र सम्भावनालाई राष्ट्रिय गौरवमा रूपान्तरण गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
“सङ्खुवासभामा जलविद्युत्सँगै पर्यटन, योगमाया आयुर्वेद विश्वविद्यालय, सीमा नाका र पूर्वाधार विकासको अत्यधिक सम्भावना छ । यस्तो क्षमतामय जिल्लाको विकासलाई दलगत राजनीतिभन्दा माथि राख्नुपर्छ”, उहाँले भन्नुभयो । चीन र भारतलाई जोड्ने किमाथाङ्का नाकालाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।
सो अवसरमा विद्यालय स्थापना र विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्