कैलालीको खुटिया नदीमा डुबेर चार जनाको मृत्यु

धनगढी । कैलालीको खुटिया नदीमा डुबेर चार जनाको मृत्यु भएको छ ।
आज दिउँसो खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका–१७ का सक्षम जोशी, जावेज भण्डारी, प्रतीक चौधरी र वडा नं.१५ का जेव भण्डारीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा चारै जना नदीमा डुबेको उहाँले बताउनुभयो ।
उनीहरू साथीहरूसँगै नदीमा नुहाउन गएका थिए । नदीमा नुहाउन गएका अन्य तीन जना भने सकुशल रहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्