तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश: प्रतिपक्षी दलद्वारा बैठक अवरोध

जनकपुरधाम । मधेश प्रदेश सभाको छैठौँ अधिवेशनको पहिलो बैठक प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । 

बैठक आरम्भ भएको केही मिनेटमै प्रमुख प्रतिपक्षी एवं अन्य विपक्षी दलका प्रदेशसभा सदस्यहरुले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुख रामचन्द्र मण्डलले बैठक शुरु भएको घोषणा गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी तथा अन्य विपक्षी दलका प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि बैठक भोली दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालका  प्रमुख सचेतक राम आशिष यादवले ७ सय ५५ पृष्ठको बजेट पुस्तिका मध्ये २ सय ९४ पृष्ठ अर्थमन्त्री सुनिल यादवले लुकाएर प्रतिपक्षी दल बिनै पास गरेको भन्दै अर्थमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने बताउनुभयो ।

उहाँले मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा बजेटको २ सय ९४ पृष्ठको योजनाहरू लुकाउने काम गर्नुका साथै २० औँ वर्ष पुराना सप्तरीको राजविराजमा अवस्थित कन्या छात्रावासको १ करोड ८० लाख र ९४ लाख पोषण सम्बन्धि बजेट राखेकोमा आपत्ति प्रकट गर्नुभयो ।

मधेश प्रदेश सभाको बैठक लामो समयपछि शुरु भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button