तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न चुनौतीका बाबजुद शिक्षा विधेयक संसदमा टेबल : सभापति थापा

दैलेख । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सातै प्रदेश र स्थानीय तहका सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको बताउनुभएको छ । 

सोसेक नेपालको २८औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले सोही आधारमा विधेयकलाई अगाडि बढाउने वातावरण बनेको बताउनुभयो ।

सभापति थापाले शिक्षा सम्बन्धी विधेयकलाई अघि बढाउने क्रममा विभिन्न स्वार्थ समूहका दबाब र चुनौतीका कारण केही महिना प्रभावित हुन पुगेको बताउनुभयो । उहाँले विभिन्न चुनौतीका बाबजुद राष्ट्र निर्माणका लागि शिक्षा अपरिहार्य भएकाले समिति दृढतापूर्वक अघि बढेको बताउनुभयो ।

सभापति थापाले संसद्को पूर्ण बैठकमा विधेयक प्रस्तुत भइसकेको र अझै सुधारसहित अगाडि बढाउने अवसर रहेको भन्दै सानातिना केही कुरा छुटेको भए भोलिका दिनमा ती बुँदालाई समेट्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button