तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले ‘सुदूरपश्चिम प्रदेश सभाको सचिव तथा सचिवालय व्यवस्थापन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गर्नु भएको छ । विधेयकबारे आवश्यक अध्ययन गरेपछि प्रदेश प्रमुख मियाँले आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले  जनाएको छ । 

सभामुख भिमबहादुर भण्डारीले असार २३ गते प्रमाणित गर्नु भएको उक्त विधेयक प्रमाणीकरणका लागि भदौ १० गते प्रदेश प्रमुख समक्ष पेश गरिएको थियो ।

विक्रम संवत् २०७५ सालदेखि कार्यान्वयनमा रहेको प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको ऐनलाई गत असार १३ गते बसेको प्रदेश सभा बैठकले संशोधन गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button