तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो 

काठमाडौँ । बंगलादेशसँगको लगातार दोस्रो हारसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपाल ४–१ ले पराजित भएको हो। जितसँगै बङ्गलादेशले ४ खेलबाट ९ अंक पुर्‍याएको छ। एक खेल कम खेलेको भारतको पनि ९ अंक छ।

नेपालको भने ४ खेलबाट ३ अंक मात्रै छ। नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो। भुटानसँग २–१ को पुनरागमन जित निकाले पनि बङ्गलादेशसँग पहिलो लेगमा ३–० ले पराजित हुन पुगेको थियो।

बङ्गलादेशलाई जित दिलाउन शौरभी अखण्ड प्रीतिले ह्याट्रिक गरिन्। एक गो ल भने थुइनुए मार्माले थपेकी हुन्। नेपालकी भूमिका बुढाथोकीले एक गोल फर्काइन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button