भगवती क्लबद्वारा सातदाेबाटो युथ क्लब ६–२ गोलअन्तरले पराजित
काठमाडौँ । श्री भगवती क्लबले एन्फा यु–१६ युथ लिगमा बुधबार सातदाेबाटो युथ क्लबविरुद्ध ६–२ को सानदार जित दर्ता गरेको छ । जितसँगै १५ खेलमा १७ अंक जोडेको श्री भगवती नवौं स्थानमा उक्लिएको छ । १५ वटै खेलमा पराजित सातदोबाटो अङ्कविहीन छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा श्री भगवतीलाई जित दिलाउन निशान्त थनेटले दुई तथा आर्यन भण्डारी, सरुण महतो, सरिन थिङ र दिपेश शाहीले समान एक गोल गरे । सातदोबाटोका लागि सर्जक ध्वज थापा र अश्विन पौडेलले गोल फर्काए । बुधवारै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले पुलिसलाई २–१ ले पराजित गर्यो ।
दोस्रो हार बेहोरेको पुलिस १५ खेलबाट ३५ अंका साथ शीर्ष स्थानमा कायमै छ । नवौं जित निकालेको फ्रेन्ड्स समान खेलबाट ३० अङ्कका साथ पाँचौँ स्थानमा छ ।
फ्रेन्ड्सलाई जित दिलाउन आर्यनकाजी थापा र सोजन विकले गोल गरे । पुलिसका लागि एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भयो ।
चर्च ब्वाइज युनाइटेडले एन्फा महिला लिग छनोटमा बुधबार स्टुडेन्ट एफसीविरुद्ध ४० को सानदार जित दर्ता गरेको छ ।
लगातार तेस्रो जितसँगै चर्च ब्वाइजले तीन खेलमा ९ अंक जोडेको छ । पराजित स्टुडेन्टको चार खेलबाट ६ अंक छ ।
च्यासल मैदानमा खेलको ३७औँ मिनेटमा वर्षा ओलीको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । ६५औँ मिनेटमा सरिताकुमारी नाथले टोलीको अग्रता दोब्बर बनाइन् । वर्षा ओलीले ७५औँ मिनेटमा चर्च ब्वाइजका लागि तेस्रो गोल गरिन् । इन्जुरी समयमा आरती भुजेलले गोल गर्दा चर्च ब्वाइजले ४-० को सहज जित निकाल्यो ।








प्रतिक्रिया राख्नुहोस्