तपाईँ सुन्दै हुनुहुन्छः

संघ संस्था ऐन, २०८२ को मस्यौदा नागरिक समाजमैत्री हुनुपर्ने माग

बाँके।नेपालगन्जमा मंगलबार गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा संघ संस्था ऐन, २०८२ को मस्यौदा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी तयार पारेको मस्यौदा प्रति नागरिक समाज र महासंघ गम्भीर ध्यानाकर्षण गरिसकेको छ। गैसस महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले मस्यौदा नागरिक संस्थामैत्री नभएको, परामर्शविना तयार गरिएको र नागरिक स्वतन्त्रता तथा सहभागितामा बाधा पुर्याउने बताउनुभयो।

प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाले ऐन परिमार्जन गरी संघसंस्थामैत्री बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अधिवक्ता बसन्त गौतमले नागरिक समाजले सक्रिय भएर मस्यौदामा सुधार गर्नुपर्ने बताउनुभयो।

कार्यक्रमको अध्यक्षतामा गैसस बाँके शाखाका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना थिए भने स्वागत तथा धन्यवाद क्रमशः कोषाध्यक्ष तारा वली र उपाध्यक्ष मन भण्डारीले गरे।

प्रतिक्रिया राख्नुहोस्

Back to top button