तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता 

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मङ्गलवार  बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।

अरनिको राजमार्ग अन्तर्गत  हिन्दीमा दिउँसो करिब साँढे तिन बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेश कुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए।

दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल चालक तथा सहचालक दुवै जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button