तपाईँ सुन्दै हुनुहुन्छः

कैलाली कारागारका एक थुनुवाको मृत्यु

कैलाली । कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले मृत्युको कारण भने खुल्न नसकेको बताउनुभयो । 

मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button