तपाईँ सुन्दै हुनुहुन्छः

गोलभेँडा खेती गरेर मनग्य आम्दानी गर्दै हेमजाका चित्रनाथ

कास्की । पोखरा हेमजाका चित्रनाथ पौडेलले २०५४ सालमा अरब जान दलाललाई पासपोर्ट बुझाउनुभयो । काठमाडौँमा ३ महिनासम्म भिसा आउने आशले होटेलमा बस्नुभयो । तर, भिसा आएन भएको ७० हजार नगद पैसा समेत सकियो ।

विदेश जाने सपनालाई त्यही विट मार्दै गाउँ फर्किनुभयो । गाउँमा उहाँलाई शिक्षकको अफर पनि गरे र तर शिक्षकको पेसाले परिवार पाल्न सकिँदैन भन्ने लाग्यो । लुम्मले कृषि अनुसन्धान केन्द्रको सहयोगमा २ ओटा गम्भवुज शैलीका गोलभेँडा घर निर्माण गर्नुभयो  । वि.स. २०५८ सालमा अनुसन्धानको रूपमा गरेको खेतीले जीवनमा यु टर्न गरिदियो । त्यसपछि अहिलेसम्म पछाडि फर्कनु परेको छैन । 

२४ वर्षदेखि पोखरा २५ तल्लो हेमजामा उहाँले निरन्तर गोलभेँडा खेती गर्दै आउनुभएको छ । संवृद्धि हराभरा एकीकृत कृषि फार्ममा गोलभेँडा फार्म एक सिजनमा लगाएको गोलभेँडा ७ महिना सम्म टिप्न मिल्ने पौडेल बताउनुहुन्छ ।

२४ वर्ष अगाडी २ ओटा प्लास्टिक घरबाट सुरु गरेको फार्म अहिले ४२ रोपनी क्षेत्रफलमा सम्म फैलिएको छ । उक्त फार्म अहिले गण्डकी प्रदेशकै ठुलो गोलभेँडा गर्ने फार्म बनेको छ। फार्ममा अहिले १५ जना भन्दा धेरै रोजगारी पाएका छन् । आज भोली उहाँले गरेको गोलभेँडा खेती हेर्न गण्डकी प्रदेशका विभिन्न कृषक र सिक्नेहरूको भिड लाग्छ ।

हेमजामा भाडामा जग्गा लिएर पौडेलले गोलभेँडासँगै धनियाँ समेत लगाउनुभएको छ । सिचाइका लागी आकासे पानी जम्मा गर्न पोखरी निर्माण गरिएको छ ।

१ सय १८ ओटा टनेलबाट दैनिक १ हजार किलो गोलभेँडा उत्पादन हुने गरेको पौडेल बताउनुहुन्छ । फार्मबाट वार्षिक ५० लाख आम्दानी हुने गरेको पौडेलले बताउनुभयो । 

सरकारी अनुदान अहिलेसम्म पनि एक रुपैयाँ नलिईकन फार्म सञ्चालन गर्नुभएका चित्रनाथका दुई दाजुभाइका परिवारले अहिले गोलभेँडा खेतीले प्रदेशमै नाम र दाम दुवै कमाइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button