आर्बामा नगर बस दुर्घटना, २३ जना घाइते
पोखरा । पोखराको आर्बामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते सबैको उद्धार भैसकेको र सबैको अवस्था सामान्य रहेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो ।
घाइते मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् भने अरूको उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्