तपाईँ सुन्दै हुनुहुन्छः

टिपरमा आगलागी हुँदा १९ लाखको क्षति 

उदयपुर । उदयपुरमा गिट्टी बोलेर हिँडिरहेको टिपरमा अचानक आगलागी हुँदा १९ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँले दिनु भएको जानकारी अनुसार जिल्लाको कटारी नगरपालिका १ स्थित सिद्धिचरण राजमार्गमा पर्ने चुरियामा दुधौलीबाट मिर्चैया तर्फ जाँदै गरेको टिपरमा आगलागी भएको हो । 

गिट्टी बोकेर मिर्चैया तर्फ जाँदै गरेको ना८ख ५९७१ नम्बरको टिपरमा गाडी भित्रको बिजुलीको वायरिङ तार सट भई अगाडी क्याबिनको भागमा अचानक आगलागी हुँदा अन्दाजी १९ लाखको बराबरको क्षति भएको हो ।

आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । शनिबार राती २३ः४५ बजे लागेको आगो स्थानीय प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा १२ः५० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button