नरैनापुरको बेउचाहवा अझै अन्धकारमा
बाँके। बाँकेको दुर्गम नरैनापुर गाउँपालिकाको वडा नं. २ बेउचाहवा गाउँमा अझै विद्युत् पुगेको छैन। झन्डै २०० घरधुरी रहेको यस बस्तीका अधिकांश स्थानीय टुकी र दियामै निर्भर छन्। केही घरमा मात्र सौर्य प्यानलमार्फत उज्यालो ल्याइएको छ।
वडा अध्यक्ष मसुद अहमद शाहका अनुसार ट्रान्सफर्मर जडान गर्ने भनिए पनि काम अघि बढ्न नसक्दा गाउँ अन्धकारमै छ। सञ्चारसाधनको पहुँच पनि न्यून भएको उहाँले बताउनुभयो।
गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सबस्टेशन निर्माण नभएसम्म विद्युत् विस्तारमा समस्या हुने भन्दै प्राधिकरणसँग समन्वय भईरहेको र छिट्टै सबस्टेशन निर्माण हुने दाबी गर्नुभयो।
नरैनापुर सदरमुकामसँग जोडिए पनि बेउचाहवाका बासिन्दा अझैसम्म विद्युत् सुविधा पाउन सकेका छैनन्।
प्रतिक्रिया राख्नुहोस्