‘जनताको समस्यामा केन्द्रित भएर गरेको राजनीति कहिल्यै असफल हुँदैन’
वीरगन्ज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनताको भावना र समस्यामा केन्द्रित भएर गरेको राजनीति कहिल्यै असफल नहुने कुरामा काँग्रेस नेता प्रदीप गिरी दृढ रहनुभएको बताउनुभएको छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज वीर गन्जमा आयोजित ‘प्रदीप गिरी को सम्झनामा आत्मा र सङ्घर्ष’ नामक कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदीप गिरीले बिपी कोइरालाको बारेमा लेखेका पुस्तकको सम्पादकीयबाट नै सिमाना र राष्ट्रियताको परिभाषा बुझ्न सकिने बताउनुभयो ।
उहाँले कुनै देशको सीमा र सिमाना भन्दा ठुलो कुरा जनता भएको उल्लेख गर्दै राष्ट्रियता भनेको माटो भन्दा पनि ठुलो शक्ति भएको बिचारमा गिरी दृढ रहनु भएको बताउनुभयो ।
महामन्त्री थापाले ‘जति बेला लिम्पियाधुरा र लिपुलेकको प्रसङ्ग अघिल्लो पटक केपी ओली नेतृत्वकै सरकार रहेको बेला उठ्यो । त्यो विषय उठ्दा काँग्रेसको तर्फबाट पुनःनक्साकंन गर्ने निर्णय भएको स्मरण गर्नुभयो ।
यस्तै, वीरगन्जमा आयोजित कार्यक्रममा उहाँले पार्टीको अधिवेशन तोकिएकै समयमा हुने बताउनुभयो ।
नेपाली काँग्रेस पर्साद्वारा आज वीर गन्जमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले काँग्रेसले देशलाई सम्हाल्ने जिम्मेवारी लिएको र पार्टीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
थापाले काँग्रेस सबै दलसँग मित्रता कायम गर्दै पार्टीविरुद्ध फैलिएका भ्रम चिर्न केन्द्रित हुने बताउनुभयो । महामन्त्री थापाले काँग्रेसको नेतृत्वमा देशलाई तीव्र विकासको दिशामा लैजाने योजना रहेको बताउनुभयो ।
नेपाली काँग्रेस पर्साका सभापति एवं मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलामा काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, पूर्व मन्त्री सुरेन्द्र चौधरी, अनिल रुंगटा लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्