दुहबीमा पाँचौँ संस्करणको मिसेज तीज कार्यक्रम हुने
सुनसरी । सुनसरीको दुहबीमा दुहबी जेसिजको आयोजनामा मिसेज तीज कार्यक्रम हुने भएको छ ।
दुहबी जेसिजको आयोजना तथा दुहबी नगरपालिकाको संयोजनमा पाँचौँ संस्करणको मिसेज तीज कार्यक्रम को आयोजना हुन लागेको हो ।

दुहबी जेसिजले विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वका भावना, आर्थिक न्यायको सर्वोत्तम उपलब्धि स्वतन्त्र मनुष्यको व्यावसायिक स्वतन्त्रताद्वारा हुन सक्छ भन्ने जेसिज आस्थालाई आत्मसाथ गर्दै दुहबी जेसिजको आयोजना तथा दुहबी नगरपालिकाको संयोजनमा हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज पर्वको उपलक्षमा दुहबी नगरपालिका अन्तर्गत १२ वटै वडा तथा छिमेकी गाउँपालिकाका विवाहित महिलाहरू लाई एउटै छातामुनि ल्याई पाँचौँ संस्करणको तीज विशेष कार्यक्रम मिसेज तीज २०८२ आयोजना गरेको दुहबी जेसिजका अध्यक्ष कृष्ण चौधरीले बताए ।
आज शनिवार पत्रकार सम्मेलन मार्फत उक्त तीज कार्यक्रममा सहभागी प्रत्येक महिला दिदीबहिनीहरूका लागि ७ दिने विभिन्न किसिमका प्रशिक्षण दिनुका साथै उत्कृष्ट महिला दिदीबहिनीहरूलाई पुरस्कृत गरी तीज पर्व मनाउन यस मिसेज तीज २०८२ को आयोजना गरिएको हो ।
यस कार्यक्रममा २५ जना प्रतियोगीहरू सहभागी हुने र प्रथम हुने लाई नगद रु २५,५०० ताज, एवं गिफ्ट हम्पर , द्वितीय हुने लाई नगद रु २०,५०० ताज, एवं गिफ्ट हम्पर, तृतीय हुने लाई नगद रु १५,५०० ताज, एवं गिफ्ट हम्पर प्रदान गर्ने जनाइएको छ ।
कार्यक्रमको अनुमानित कुल लागत १० लाख रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्