राष्ट्रियसभा बैठक: लिपुलेक हुँदै भारत–चीन व्यापार सम्झौताबारे सांसदहरूको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले लिपुलेकमार्ग हुँदै भारत–चीन व्यापार सम्झौता बिना सहमति भएकाले नेपालको भूभाग अतिक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय कूटनीतिक पहल गरी रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसद मदन कुमारी साह गरिमाले दुई छिमेकी राष्ट्रले त्रिपक्षीय सम्झौता नगरी लिपुलेकमा व्यावसायिक सम्झौता गरेकाले नेपालको सार्वभौमिकतामा असर परेको बताउनुभयो ।
सांसदहरुले मधेश प्रदेशमा तत्काल खानेपानी तथा सिँचाइको व्यवस्था मिलाउन र सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा सुधार र धार्मिक–सांस्कृतिक पर्यटन विकास बढाउनुपर्ने बताउनुभयो ।
यस्तै सांसदहरुले लुम्बिनीको बौद्ध पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्नुपर्ने र यस प्रदेशका धार्मिक मान्यता भएका स्थलहरूको निर्माण कार्यक्रम र संरक्षणमा लगानी बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्