तपाईँ सुन्दै हुनुहुन्छः

लिपुलेक नेपालकै भूमि हो : मन्त्री गुरुङ

कास्की । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताउनुभएको छ  ।

शुक्रबार पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै  मन्त्री गुरुङले नेपालको भूमि भारतले उपयोग पनि गर्दै आएको बताउनु भयो । यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नु पर्ने  प्रवक्ता गुरुङले बताउनुभयो ।

उहाँले भन्नु भयो ‘लिपुलेकबाट नेपाल सरकार पछाडि हट्दैन ।’

लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै , ‘दुई देशको व्यापारको नाउँमा करिडोर, सडक बनाउन पाउँदैन । यो विषय दुई देशको डिप्लोमेटिक चरणमा पुग्यो । अब डिप्लोमेटिक डायलगको माध्यमबाट समस्या समाधान गर्ने हो ।

नेपालको निषेधित क्षेत्रभित्र व्यापारका लागि करिडोर बनाउने कुरा नेपालको चासोको विषय भएको उहाँले बताउनु भयो 

प्रतिक्रिया राख्नुहोस्

Back to top button