तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय शिक्षा विधेयक निजी विद्यालयमैत्री बनाउन माग

काठमाडौँ । निजी विद्यालयका सञ्चालकले ‘विद्यालय शिक्षासम्बन्धी विधेयक २०८०’ संशोधनको माग गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनीहरूले विधेयकमा समावेश ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने माग गरेका हुन् । 

त्यसैगरी, विद्यालयमा उत्पादन नहुने सामग्री जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने उनीहरूको माग छ । 

कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने र छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने निजी विद्यालय सञ्चालकको माग छ ।

निजी विद्यालय सञ्चालकले सरकारसमक्ष पटक पटक माग राखे पनि मागप्रति बेवास्ता गरेको गुनासोसमेत गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button