तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूचीबाट विशेष कारणवश ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’  सूची हटाइएको छ । प्रतिनिधिसभाको आजको  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले समसामयिक विषयमा राख्नुहुने जिज्ञासाको जवाफ दिने सम्भावित कार्यसूची रहेको थियो । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रावधान रहेको छ । 

सभामुख देवराज घिमिरेले सदनको आजको बैठकमा विशेष कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाएको जानकारी गराउनुभयो । 

कार्यसूचीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने रहेको छ । यसैगरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button