तपाईँ सुन्दै हुनुहुन्छः

संसद् भवनको निर्माण कार्य ढिलाइ भएकोप्रति उपप्रधानमन्त्री सिंहको चासो 

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्य तालिकाअनुसार गर्न निर्देशन दिनुभएको छ । 

निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई यस्तो निर्देशन दिनुभएको हो  ।

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको चन्दै उपप्रधानमन्त्री सिंहले भन्नुभयो ‘कुनै हालतमा काम हुनैपर्छ । समन्वयात्मक रूपमा अघि बढ्नुहोस् । कन्ट्राक्टरले दिएको कार्यतालिका बमोजिम काम गर्नुहोस् ।’ 

बैठकमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, विशेष भवनका आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता थियो । 

बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अवस्था बारेमा जानकारी गराउनुभएको थियो । 

संसद् भवनको निर्माण पुस अन्तिम सातासम्म सम्पन्न गर्नुपर्ने म्याद छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button