तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा राष्ट्रिय सूचना दिवस कार्यक्रम सम्पन्न

इलाम । जिल्ला प्रशासन कार्यालय इलामले राष्ट्रिय सूचना दिवस–२०८२ को अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।

मङ्गलवार जिल्ला प्रशासन कार्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका सूचना अधिकारी सरकारी कार्यालयका सूचना अधिकारीहरूले आ–आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार महासङ्घ जिल्ला शाखाका पदाधिकारी, क्रियाशील पत्रकार तथा स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। 

कार्यक्रममा पत्रकार महासङ्घ इलामका अध्यक्ष भीम चापागाईँले सूचना दिने–लिने प्रक्रियामा कुनै असहजता भएमा महासङ्घले समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी भोलनाथ गुरागाईँले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले समापन गर्नुभएको थियो। उहाँले सूचना अधिकारलाई प्रभावकारी बनाउन सरकारी निकाय र सञ्चार माध्यमबिचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button