तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा राहदानी सेवा अवरुद्ध, सेवाग्राही मर्कामा

बाजुरा। बाजुरामा राहदानी सेवामा अवरोध भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले दिने राहदानी सेवा सोमवारदेखि सेवा अवरुद्ध भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलले सोमबारदेखि सिस्टममा आएको समस्याका कारण सेवा अवरोध भएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाजुरा बाट प्रवाह हुँदै आएको राहदानी सेवाको वर्ल्ड लिङ्कमा समस्या आएकाले सेवा अवरुद्ध भएको र उक्त समस्या समाधान नभएसम्म सेवा अवरोध भइरहने सहायक प्रमुख जिल्ला अधिकारी रावलले जानकारी दिनुभयो ।

दुई दिनदेखि राहदानी सेवा अवरुद्ध हुँदा बर्सातमा अनेक दुःख झेलेर विकट गाउँबाट सदरमुकाम मार्तडी पुगेका सेवाग्राहीहरू मर्काका परेका छन् । छिटो सेवा सञ्चालनका लागि आवश्यक पहल भइरहेको प्रशासन कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button