तपाईँ सुन्दै हुनुहुन्छः

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त युएईबाट पक्राउ

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका छन् । एनसिबी अवुधाबीसँगको समन्वयमा संयुक्त अरब इमिरेट्स (युएई)मा पक्राउ परेका उनलाई  सोमबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।  

यसैबीच, प्रतिबन्धित लागूऔषधसहित देशका विभिन्न स्थानबाट नौ जना पक्राउ परेका छन् । उनीहरू काठमाडौँको तारकेश्वर,डडेलधुराको अमरगढी, बर्दियाको बढैयाताल गाउँपालिका, सोही पालिकाको साघुनघारी र गुलरिया नगरपालिका–६ शान्ति टोलबाट पक्राउ गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button